यू–२० साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने

bimbonline एजेन्सि
२०७९ माघ २५ ०८:१७ बजे

काठमाडौं ।  बंगलादेशमा चलिरहेको २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आयोजक बंगलादेशसँग खेल्ने भएको छ । 

बंगलादेशले राउण्ड रोबिन लिगको अन्तिम खेलमा भुटानलाई पराजित गरेसँगै नेपालको फाइनल प्रतिद्वन्दी घरेलु टोली परेको हो । अब नेपालले बंगालदेशसँग भोलि उपाधिका लागि खेल्नेछ ।

यसअघि हिजै भएको खेलमा नेपालले भारतलाई ३–१ गोलले हराउँदै फाइनलमा पुगेको हो । नेपालको जितमा अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरे ।

बंगलादेश शिर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । भुटान अंक विहीन रहेर प्रतियोगिताबाट बाहिरिएको छ । 

बंगलादेशको जितसँगै भारत पनि बाहिरिएको छ । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको थियो ।

राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्  ।

२०७९ माघ २५ ०८:१७ बजे

प्रतिक्रिया