काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको नदिने बताएको छ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरूको माग पूरा नभएकाले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताएका हुन् । प्रदेश सरकारले आफ्ना मागहरू नसुनेकाले सरकारलाई विश्वासको मत दिन नसकिने बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बुधबार विश्वासको मत लिन लागेका छन् । २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका उनले एक महिनाभित्र प्रदेशसभाको विश्वास देखाउन नसकेमा स्वत पदमुक्त हुने संविधानको व्यवस्था छ । तर बहुमत पुर्याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको मत आवश्यक हुन्छ।मुख्यमन्त्रीमा दाबी पेस गर्दा रावललाई एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थन रहेको थियो। उनले प्रदेशमा समर्थन जुटाउन नसकेकाले उनी वेला वेला काठमाडौं धाइ रहेका छन् ।
विश्वासको मतका लागि वातावरण तयार गर्न सुदूरपश्चिमका मुख्यमन्त्री रावल दुईपटक काठमाडौं आएका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएको लगत्तै मुख्यमन्त्री रावल काठमाडौं आएर नागरिक उन्मुक्तिका नेता, प्रधानमन्त्री र एमाले अध्यक्षसँग भेट गर्दै विश्वासको मतका लागि वातावरण बनाउन आग्रह गरेका थिए । तर अझै पनि विश्वासको मत पाउने वातावरण नभएपछि दोश्रो पटक संघीय राजधानी आएका थिए । मुख्यमन्त्री रावलले माघको २७ गतेसम्म सपथ लिइसक्नु पर्ने हुन्छ ।
मुख्यमन्त्रीमा नियुक्त भएको लगत्तै रावलले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट र नेकपा एमालेका प्रदेश सभा सदस्य सन्तोष थापालाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए । सरकारले विश्वासको मत नपाइसकेका कारण भट्ट र शर्मा तीन सातादेखि कुनै जिम्मेवारी पाउन सकेका छैनन् ।
प्रतिक्रिया