भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या ३८०० नाघ्यो

१२ हजारभन्दा बढी घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २४ ०९:२४ बजे
भूकम्प

काठमाडौं । टर्कीको गाजी एन्टेप सहर नजिक केन्द्र बनाएर सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ३८०० ज्यान गएको छ ।

उक्त भूकम्पमा घाइतेको संख्या १२ हजारभन्दा बढी रहेको छ । भूकम्पका कारण टर्कीसँगै सिरियामा पनि धेरै नागरिकले ज्यान गएको छ ।  दुवै देशमा मृत्यु हुनेको संख्या चार हजार नजिक पुगेको बीबीसीले जनाएको छ । भूकम्पपछि उद्धार कार्यलाई तीव्रता दिनका लागि अन्तर्राष्ट्रिय उद्धारकर्मी टर्की पुग्ने क्रम जारी छ ।

सिरियामा केही राष्ट्रहरूले प्रतिबन्ध लगाएका कारण उद्धार तथा सहायता पुग्न ढिलाइ भइरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । 

अलजजिराले टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै २ हजार ३१६ जनाको मृत्यु भएको उल्लेख गरेको छ । सिरियाली अधिकारीहरूले १ हजार ४४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

२०७९ माघ २४ ०९:२४ बजे

प्रतिक्रिया