महिला हक्कीमा लुम्बिनी,आर्मी र मधेसको विजय सुरुवात

bimbonline दिवेश कुमार महतो
२०७९ माघ २४ ०७:१८ बजे
हक्की

ढल्केवर । धनुषामा आजदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता शुरु भए सँगै लुम्बिनी प्रदेश, आर्मी क्लब टिम र मधेश प्रदेशको उत्कृष्ट प्रदर्शन देखिएको छ।

No description available. पाँचौ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता सोमवारदेखि देखि धनुषामा सुरु भएको छ । धनुषामै पहिलो पटक आयोजना भईरहेको राष्ट्रिय महिला हक्की प्रतियोगिता मिथिला नगरपालिका २ नक्टाझिजस्थित हिमालय युवा क्लवको खेल मैदानमा भईरहेको छ । प्रतियोगिता माघ २८ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

No description available.लिगचरणमा आयोजना भएको राष्ट्रिय महिला हक्की प्रतियोगितामा नेपालका ६ वटा प्रदेश र एक विभागीय टोली (नेपाल आर्मी) गरी सात वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टिमलाई समूह ‘ए’ र ‘बि’ गरी दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा बागमती, सुदूरपश्चिम र गण्डकी प्रदेशको टिम रहेका छन् भने समूह ‘बी’ मा प्रदेश १, लुम्बिनी, मधेश र नेपाल आर्मीको टिम रहेका छन् ।

यसैबीच प्रतियोगिताको पहिलो दिन आज तीन वटा खेल भएको छ । प्रदेश १ र लुम्विनी प्रदेशबीच विहान भएको पहिलो खेलमा लुम्विनी प्रदेश शुन्यका विरुद्ध दुई गोलले जित हात पारेको छ । सो खेलमा लुम्विनीका लागि दुई गोल गरेकी पुजा कुमारीलाई म्यान अफ दि म्याच घोषित गर्दै पुरस्कार स्वरुप दुई हजार नगद प्रदान गरिएको छ ।

यस्तै नेपाल आर्मी र सुदुरपश्चिम प्रदेशबीच भएको दोस्रो खेलमा नेपाली आर्मीले शुन्यका विरुद्ध ६ गोलले जित हात पारेको छ । सो खेलमा नेपाल आर्मीका लागि ३ गोल गरेकी सीतामाया वललाई म्यान अफ दि म्याच घोषित गर्दै नगद पुरस्कार प्रदान गरिएको छ । 

यस्तै गण्डकी प्रदेश र मधेश प्रदेशबीच भएको तेस्रो खेलमा मधेश प्रदेशले दुईका विरुद्ध ४ गोल अन्तरले जित हासिल गरेको छ । सो खेलमा मधेश प्रदेशका लागि २ गोल गरेकी कुमकुमलाई म्यान अफ दि म्याच घोषित गर्दै नगद दुई हजार पुरस्कार प्रदान गरिएको प्रतियोगिताका निर्णायक बाबुराम नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा जम्मा १३ वटा खेल हुने र प्रत्येक दिन खेलाडीहरुलाई म्यान अफ दि म्याचकोे पुरस्कार स्वरुप नगद २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । आजको खेलमा नेपाल आर्मी र मधेश प्रदेशका टिमले उत्कृष्ट प्रदर्शन निर्णायक नेपालले बताउनुभयो ।

प्रतियोगितामा आज पहिलो दिनको पहिलो खेलको उद्घाटन मिथिला नगरपालिकाका उपमेयर सुनितासिंह बुढाथोकीले गर्नुभयो भन्ने दोस्रो खेलको उद्घाटन मधेश प्रदेशसभा सदस्य हरिनारायण महतोले गर्नुभएको थियो । नेपाल हकी संघका केन्द्रीय सदस्य अशिम शर्माको अध्यक्षता तथा प्रदेशसभा सदस्य हरिनारायण महतोको प्रमुख आतिथ्यमा प्रतियोगिता शुरु भएको छ ।

No description available.

प्रतियोगितामा प्रथम हुने टिमलाई रु.७५ हजार, दोस्रो हुनेलाई रु.४० हजार र तेस्रो हुने टिमलाई रु.२५ हजार नगद पुरस्कार र शिल्ड प्रदान गरिने उहाँले बताउनुभयो । प्रतियोगितामा विभिन्न ५ वटा विधामा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कार दिइने छ । नेपाल हक्की संघ र मिथिला नगरपालिकाले संयुक्त रुपमा राष्ट्रिय महिला हक्की प्रतियोगिताको आयोजना गरेको छ ।

यस्तै प्रतियोगितामा माघ २४ गते मंगलबार (भोली) दोस्रो दिनको पहिलो खेलमा सुदुरपश्चिम प्रदेश र बागमति प्रदेश, दोस्रो खेलमा गण्डकी प्रदेश र प्रदेश १ र तेस्रो खेलमा मधेश प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

No description available.
२०७९ माघ २४ ०७:१८ बजे

प्रतिक्रिया