साहस कामेन

अर्जुन दाहाल

bimbonline अर्जुन दाहाल
२०७९ माघ २४ ०७:१२ बजे
अर्जुन दाहाल

उसका आँखा थाके
तर नजर थाकेन
उसका हात गले
तर कर्मठ स्वभाव गलेन
उसका खुट्टा कामे
तर साहस कामेन
उसलाई देखाइस भन्नेले
नहेर्न सकेनन
उसलाई सुनाइस भन्नेले
नसुन्न सकेनन्
उसको मन त्यसै बरालिरह्यो
र छेउको संगीतकारले
निरन्तर बजाइरह्यो पियानो
अनि पियानोको हरेक नोटले 
उसको जिन्दगीमा भइरहेको 
उतार चढाव लाई भुलाइदियो
उसले निष्कर्ष निकाल्यो
ईश्वर पनि संगीतकार हुनुपर्दछ 
तर उसका चक्षुले ईश्वरलाई चिनेनन्।
(उहाँ झापाका हुनुहुन्छ)
 

२०७९ माघ २४ ०७:१२ बजे

प्रतिक्रिया