सुनको मूल्य फेरी उकालो लाग्यो

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २३ १०:५७ बजे
सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा  आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले उकालो लागेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मुल्य उकालो लागेको जनाएको छ । 

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम थियो । जुन, आज ५०० रुपैयाँले बढ्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य स्थिर कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय २० रुपैयाँ कायम थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

२०७९ माघ २३ १०:५७ बजे

प्रतिक्रिया