राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्छ, आलोचना सुन्छ : डा. भीम रावल

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २३ १०:४२ बजे
डा. भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले  राजनीतिक सिद्धान्त,मूल्य,मर्यादामा विश्वास गर्ने, देश-जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन  गर्ने बताएका छन् ।  उनले रवि लामिछानेले निर्वाचन अघि र निर्वाचनको समयमा बोलेका र बाचा गरेका कुराहरू तथा गृहमन्त्री भएपछि, पद जाँदा सांसद नभएपनि गृहमन्त्री हुन र त्यो नपाएपछि गरेका काम र बोलेका कुराहरूलाई  निष्पक्ष एवं तथ्यसङ्गत किसिमले परीक्षण गर्नु उचित  हुने बताएका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। 'राजनीतिक सिद्धान्त,मूल्य,मर्यादामा विश्वास गर्ने, देश-जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ। आलोचना सुन्छ। सत्य तथ्य अ‍ौंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ।गालीगलौजमा उत्रिन्न।यस कसीमा रवि लामिछानेको जाँच गरौं। उहाँले निर्वाचन अघी र निर्वाचनको समयमा बोलेका र बाचा गरेका कुराहरू तथा गृहमन्त्री भएपछि, पद जाँदा सांसद नभएपनि गृहमन्त्री हुन र त्यो नपाएपछि गरेका काम र बोलेका कुराहरूलाई  निष्पक्ष एवं तथ्यसंगत किसिमले परीक्षण गर्नु उचित हुन्छ।किनकि कुनैपनि दल, नेता र मन्त्रीका काम-कुरा देश, जनता र लोकतन्त्रका  लागि उचित या अनुचित के छन् भन्ने सबैको सार्वजनिक चासो र सरोकारको विषय हो।'

२०७९ माघ २३ १०:४२ बजे

प्रतिक्रिया