संसद् बैठकमा गएनन् रास्वपाका सांसद

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २२ १३:५४ बजे
रास्वपाका सांसद

काठमाडौँ । संघीय संसद भवनमा  १ बजेबाट सुरु भएको  प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू भने अनुपस्थित भएका छन् । 

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक चलिरहेका कारण सांसदहरु प्रतिनिधिसभा बैठकमा अनुपस्थित नभएको जनाइएको छ। 

हिजो राति अबेर बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा आज प्रतिनिधिसभा बैठक सामूहिक बहिष्कार गर्ने अनौपचारिक सहमति भएको थियो ।

२०७९ माघ २२ १३:५४ बजे

प्रतिक्रिया