बालुवाटार छिरेका रवि निराश हुँदै बाहिरिए ,के भयो कुराकानी ?

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २२ १३:३४ बजे
रवि निराश

 

काठमाडौं । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आश मारेर फर्केका छन् । 

प्रधानमन्त्री प्रचण्डले उनलाई अहिले गृहमन्त्री दिन नसकिने बताएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले नागरिकता मुद्दा किनारा लागे पनि राहदानीको विवाद बाँकी नै रहेको भन्दै अहिले मन्त्री बनाउन नसक्ने बताएका  जनाइएको छ ।  

एक पटक गृहबाहेक अर्को मन्त्रालयका विषयमा पनि कुरा भएको तर प्रचण्डले मन्त्री बनाउन नसक्ने बताएपछि रविप्रधानमन्त्री प्रचण्ड बिचको कुराकानी सकिएको हो । 

 यस अघि नै रास्वपाले आज सरकारमा रहने वा नरहने भन्ने बारे बैठक बसी निणर्य गर्ने जनाएको छ ।

२०७९ माघ २२ १३:३४ बजे

प्रतिक्रिया