आज तोलामा दुई हजारले घट्यो सुनको मूल्य

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २२ ११:३१ बजे
सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा  एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले  ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै गत साताको शुक्रबारको तुलनामा आज सुनको मुल्य तोलामा दुइ हजारले ओरालो लागेको  जनाएको छ ।  

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मुल्य तोलामा १ लाख ६हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ६०० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य समेत घटेको छ । आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको  महासंघले जनाएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १३ सय २० रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रबार यसको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम थियो ।

२०७९ माघ २२ ११:३१ बजे

प्रतिक्रिया