चितवन २ बाट आफूलाई विजयी घोषणा गर्न मागसहित उमेश श्रेष्ठ निर्वाचन आयोग जाँदै

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २२ ०९:५२ बजे
उमेश श्रेष्ठ

काठमाडौँ । नेपाली काँग्रेस नेता उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर २ बाट आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित निर्वाचन आयोग जाने भएका छनल् । सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट विजयी रवि लामछानेलाई सांसद नरहने निर्णय गरेसँगै उनले  आफुलाई विजयी भएको घोषणाको माग सहित निर्वाचन आयोगमा जान लागेका हुन् । 

श्रेष्ठ आज बिहान ११ः३० बजे निर्वाचन आयोगमा गएर निवेदन हाल्ने र दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सांसद पद नरहने गरी फैसला गरेपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको एक सिट खाली रहेको छ ।

तत्कालीन सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट उम्मेदवार भएका श्रेष्ठ झन्डै ३५ हजार मतले रास्वपा सभापति लामिछानेसँग पराजित भएका थिए । लामिछानेको पद खारेजीसँगै दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गनुपर्ने उनको माग उनको रहेको छ । 

२०७९ माघ २२ ०९:५२ बजे

प्रतिक्रिया