शीर्षस्थानको आर्सनल, लिभरपुल र क्रिस्टल प्यालेस पराजित

इंग्लिस प्रिमियर लिग

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २२ ०९:३७ बजे
आर्सनल

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित भएको छ । गएरति भएको खेलमा आर्सनल घरेलु टोली एभर्टनसँग १–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा एभर्टनको जितमा जेम्स तार्कोवस्कीले खेलको ६० औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

गएराति नै भएको खेलमा उल्भ्सले लिभरपुल माथि  ३–० गोल अन्तरको जित निकालेको छ ।  उल्भ्सका क्रेइग डसन र रुवेन नेभेसले समान एक–एक गोल गरेका थिए ।  लिभरपुलले  एक आत्मघाती गोल गरेको थियो ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ गोलले पराजित गरेको छ । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र मार्कस रासफर्डले गोल गर्दा क्रिस्टल प्यालेसका जेफ्रेले एक गोल फर्काए ।

गएराति भएका अरु खेलमा न्युक्यासल र वेस्टह्यामले एक–एक गोलको बराबरी खेलेका छन् । एस्टन भिल्ला लेस्टर सिटीसँग ४–२ गोलले पराजित भएको छ ।  त्यस्तै ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ३–० गोल र ब्राइटनले बर्नमाउथलाई १–० गोलले हराएको छ ।

यी खेलहरुसँगै शीर्षस्थानको आर्सनलले २० खेलमा ५० अंक जोडेको छ । युनाइटेड ४२ अंकसहित तोस्रो स्थानमा रहाँदा लिभरपुल २९ अंकका साथ १० औं स्थानमा रहेको छ । त्यस्तै क्रिस्टल प्यालेस २४ अंकसहित १२ औं, उल्भ्स १५  औ र एभर्टन १७ औं स्थानमा रहेको छ । 

२०७९ माघ २२ ०९:३७ बजे

प्रतिक्रिया