राष्ट्रिय स्वतन्त्र पार्टीको केही बेरमा निणार्यक बैठक बस्दै

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २२ ०८:३४ बजे
राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । राष्ट्रिय  स्वतन्त्र  पार्टीको  बैठक  आइतबार  बिहान ११ः३० बजे पुनः बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा शनिबार बसेको बैठक निष्कर्षमा  भएपछि आज पनि बैठक बस्न लागेको हो । सर्वोच्च  अदालतको  उत्प्रेषण  परमादेशसँगै  रास्वपाका सभापति रवि लामिछानेको सांसद पद गुमेपछि आन्तरिक छलफलमा रहेको पार्टीले शनिबार राति केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरी सत्ता यात्राको सन्दर्भमा छलफल गरेको हो । अाज बस्ने बैठकमा सरकार छाड्ने वा नछाड्ने विषयमा निणर्य हुने भएको छ  । 

गृह मन्त्रालय छाड्दा के हुने भन्ने विषयमा पनि छलफल भएको तर निणर्य भने आजको आजको बैठकबाट हुने भएको छ ।  यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’सँग भेटवार्ता गरी सभापति लामिछानेले गृह मन्त्रालयमा आफ्नो  दाबी  रहेको बताएका थिए ।  तर  प्रधानमन्त्री प्रचण्डले गैरसांसदलाई गृहमन्त्री नबनाउने सङ्केत  गरेपछि  रास्वपा  आन्तरिक  छलफलमा  जुटेको हो ।

२०७९ माघ २२ ०८:३४ बजे

प्रतिक्रिया