एकीकृत समाजवादीको बैठक आज पनि, सदस्यहरूले आ–आफ्नो धारणा राख्ने

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २२ ०८:२४ बजे
एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादी को केन्द्रीय समिति बैठक आज पनि ब्सने भएको छ । शनिबारबाट सुरु भएको उक्त पार्टीको पाँचौँ केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । महासचिव बेदुराम भुषालले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आजको बैठकमा नेपाल, भुषाललगायतले पेस गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने र बैठक आजै समापन  हुने भएको छ ।

२०७९ माघ २२ ०८:२४ बजे

प्रतिक्रिया