साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपाल बङ्गलादेशसँग ३-१ गोल अन्तरले पराजित

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २१ ०७:०१ बजे
साफ

काठमाडौं । बङ्गलादेशमा हिजोदेखि सुरु भएको साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा बङ्लादेश विजयी भएको छ । आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली बङ्लादेशसँग ३–१ गोलले पराजित भएको हो ।

ढाकाको मुस्तफा कमल मैदानमा भएको खेलमा घरेलु टोलीका लागि मस्ट अक्लिमा खातुन, शम्सुनाहरशाहिदा अक्तर रिपाले  एक एक गोल गरेका हुन् । नेपालका लागि मनमाया दमाईले एक गोल गरिन्। च्याम्पियनसिपको उद्घाटन खेलमा भारतले भुटानलाई १२–० गोलले हरायो ।

च्याम्पियनसिपमा नेपालसहित आयोजक बङ्लादेश,  भारत र भुटान सहभागी छन् । आफ्नो दोस्रो खेलमा नेपालले आइतवार भुटानसँग, मङ्गलवार भारतसँग खेल्ने छ । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले उपाधिका लागि बिहीवार खेल्नेछन् ।

२०७९ माघ २१ ०७:०१ बजे

प्रतिक्रिया