राष्ट्रपति रनिङ शिल्डमा मेयरले गरे गम्भीर गल्ती, नमुना मा.बि.परिगाउको लगातार तेस्रो जित

bimbonline आँसु भण्डारी
२०७९ माघ २१ ०६:३६ बजे
राष्ट्रपति रनिङ शिल्ड

 डडेल्धुरा । १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता परशुराम नगरपालिका को आयोजनामा जोगबुडा रङ्ग मैदानमा  विवादका बिच सम्पन्न भएको छ।

लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्ड विजेता बनेको नमुना मा.बि.परिगाउले ह्याट्रिक गर्न सफल भएको छ। २६ स्वर्ण पदक सहित प्रथम बनेको विद्यालयका ३ जना विद्यार्थी सहभागीहरूले ४-४ वटा स्वर्ण पदक हात पारेका छन । सम्पूर्ण अभिभावक, सर मेडमहरु को विद्यालय प्रतिको लगनशीलता र  बिध्यार्थी नानिहरु को अनुशासन नै आजको जित भएको भन्दै आगामी दिनहरूमा झन राम्रो गर्ने विद्यालय का प्र.अ.डम्मर सिंह थ्वाल ले बिम्ब अनलाइन संवाददाता  लाई बताउनुभयो ।

यहि माघ १८ गते संविधान सभा सदस्य माननीय नरभान कामी को प्रमुख अतिथिमा सञ्चालन भएको रनिङ शिल्ड मा परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशी ले सभाध्यक्ष गर्नु भएको थियो। 

परशुराम नगरपालिका भित्रका १७ वटा मा.बि. विद्यालय मध्ये वडा न.७ को दुर्गम क्षेत्र सिद्दनाथ माबी मलास ले विभिन्न कारण देखाएर सहभागी भएको थिएन ।

खेल सञ्चालन भएकै दिन देखि आयोजक टिमको तर्फबाट व्यवस्थापन पक्षमा कमी कमजोरी धेरै रहेको भन्दै चारैतिर विरोधका स्वरहरू उठे पनी अन्तिम दिन कार्यक्रमको औपचारिक रूपमा कुन विद्यालयले के कति पदक र स्थान प्राप्त गरे भन्ने यकिन विवरण सहभागी विद्यालय र खेल हेर्न आएका अभिभावक दर्शक लाई जानकारी नदिई नगर प्रमुख भरत बडायर जोशीले प्रथम विजेता भुबनेस्वरी नमुना मा.बि. परिगाउका  सहभागी टिमलाई हस्तान्तरण गरि मञ्चबाट बाहिरिनु भएको थियो। 


कार्यपालिका को बैठक छ भन्दै नगरप्रमुख नै यसरी कार्यक्रम नै राम्रो सङ्ग समापन नगरी बाहिरिएको देख्दा सहभागी विद्यालयका विद्यार्थीदर्शकहरू ले विरोध गरेका थिए । कुन विद्यालयले के कति पदक प्राप्त गरे भन्ने जानकारी समेत पूरा नहुदै कार्यक्रम समाप्त भएकाले आयोजक टिमको गम्भीर कमजोरी रहेको शिक्षा शाखा प्रमुख लक्ष्मी बिस्ट ले स्विकार्नु भयो।

कार्यपालिका मिटिङ भन्दा आजको कार्यक्रम सभ्य र भव्यताका साथ समापन भै दिएको भए राम्रो हुने र अझै आगामी दिनमा आयोजक टिमले कमिकमजोरीहरू लाई सुधार गर्नुपर्ने शिक्षक दुर्गादत्त पन्तले बताउनु भयो।आयोजक टिम नै गैरजिम्मेवार जस्तो बनेको र यसले समाजमा नराम्रो सन्देश गएको सिताराम माबी कुर्मुल्ले का प्र.अ. केदार कर्णले  बिम्ब अनलाइन सङ्ग बताउनुभयो ।


सम्पन्न भएको रनिङ शिल्ड प्रतियोगिता मा सिताराम माबी कुर्मुल्ले ५ स्वर्ण सहित दोस्रो र तेस्रो स्थानमा ४-४ स्वर्ण सहित जयपुर जोगबुडा र भागेस्वर माबी कटाल रहेका छन । 


२०७९ माघ २१ ०६:३६ बजे

प्रतिक्रिया