स्पानिस ला लिगा : दुई मिनेटको अन्तरमा २ गोल

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २० ०९:३७ बजे
स्पानिस ला लिगा

काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिडले दश खेलाडीमा समेटिएको भ्यालेन्सिया माथि २–० गोल अन्तरको जित निकालेको छ  

जितपछि दोस्रो स्थानको रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी  नजिक  नाएको छ । यो जित सँगै अंकदुरी ५ रहेको छ ।  रियलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा दुई मिनेट अन्तरमा रियलले दुई गोल गर्यो । मार्को असेन्सियोले ५२ औं र भिनिसियस जुनियरले ५४ औं मिनेटमा गोल गरेका हुन् । गाब्रिएल पाउलिस्टाले ७२औं मिनेटमा रातो कार्ड पाएपछि भ्यालेन्सिया दश खेलाडीमा समेटिएको थियो ।

जितपछि रियलले १९ खेलबाट ४५ अंक जोडेको छ । भ्यालेन्सिया समान खेलबाट २० अंकसहित १४ औं स्थानमा छ । बार्सिलोना १९ खेलबाट ५० अंकसहित शीर्ष स्थानमा छ ।

२०७९ माघ २० ०९:३७ बजे

प्रतिक्रिया