दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ असार २९ ०९:३९ बजे
सर्पको टोकाइ

काठमाडौं ।  दाङामा सर्पले डस्दा  एक जनाको  मृत्यु  भएको छ । सर्पकै टोकाइबाट अर्का एक जना बिरामी भएका छन्।

 दाङको राप्ती गाउँपालिका २ लालमटियाका ६८ वर्षीया सुमित्रा कुमालको मृत्यु भएको हो ।  कुमाललाई मंगलबार आफ्नै बारीमा सर्पले डसेको  जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यस्तै सर्पले डस्दा घोराही उपमहानगरपालिका १३ वनगाउँ बस्ने प्रदीप बुढामगर बिरामी भएका छन्। मगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।

२०७९ असार २९ ०९:३९ बजे

प्रतिक्रिया