टी-२० क्रिकेटमा भारतले रच्यो इतिहास

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १९ ०९:१७ बजे
भारतले रच्यो इतिहास

काठमाडौं । भारतले न्युजिल्याण्डविरुद्धको टी-२० क्रिकेटमा १६८ रनको कीर्तिमानी जित  निकालेको छ ।  टी-२० क्रिकेटमा रन अन्तरको हिसाबले भारतको यो सबैभन्दा ठूलो जित हो ।

सबैभन्दा बढी रनको जितको रेकर्ड यसअघि १४३ रनको थियो । भारतले सन् २०१८ मा आयरल्याण्डलाई १४३ रनले  हराएको थियो । 

यसपटक न्युजिल्याण्डलाई १६८ रनले हराउँदै भारतले टी(२० सिरिज पनि २(१ ले जितेको छ । राँचीमा भएको सिरिजको पहिलो म्याच न्युजिल्याण्डले २१ रनले जितेको थियो । लखनउमा खेलिएको दोस्रो म्याचमा भारत ६ विकेटले विजयी भएको थियो ।

अहमदावादको नरेन्द्र मोदी स्टेडियममा भएको अन्तिम खेलमा भारतका शुभमन गिल उतकृष्ठ प्रर्दशन गरे। उनले ६३ बलमा १२६ रन बनाए । यो गिलका लागि अन्तर्राष्ट्रिय टी(२० क्रिकेटमा पहिलो शतक पनि हो । शुभमन गिलका अलावा राहुल त्रिपाठीले २२ बलमा ४४ र कप्तान हार्दिक पाण्ड्याले १७ बलमा ३० रन जोडे ।

भारतले न्युजिल्याण्ड सामु २३५ रनको लक्ष्य पेश गरेको थियो । जवाफी ब्याटिङको क्रममा पाहुना टोली न्युजिल्याण्डले उसले चार विकेट गुमाउँदा जम्मा सात रन बनाएको थियो । न्युजिल्याण्डको टिम १२.१ ओभरमा ६६ रनमा अलआउट भयो ।

भारतका लागि सबैभन्दा बढी विकेट कप्तान हार्दिक पाण्ड्याले लिएका हुन्। उनले आफ्नो चार ओभरमा १६ रन खर्चिएर चार विकेट लिए । यसैगरी अर्शदीप सिंह, उमरान मलिक र शिवम माविले दुई-दुई विकेट लिए ।

२०७९ माघ १९ ०९:१७ बजे

प्रतिक्रिया