माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १९ ०८:२० बजे
माओवादी केन्द्र

काठमाडौं । आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक  बस्ने भएको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । आज बस्ने बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विषयमा छलफल हुने जनाइएको छ । 

गृह मन्त्रालयको विषयमा सत्ता साझेदार दलहरुबीच भइरहेको खटपट, राष्ट्रपतिको आगामी निर्वाचन, पार्टीका विभागहरुमा नेताहरुको जिम्मेवारी तोक्ने लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ । 

२०७९ माघ १९ ०८:२० बजे

प्रतिक्रिया