अनेरास्ववियूले गर्यो जनक शिक्षा सामाग्री केन्द्र घेराउ

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १८ १५:५२ बजे
घेराउ

 काठमाण्डौ

 नेकपा( एकिकृत समाजवादी) पार्टीको विधार्थि सँगठन   अनेरास्ववियूले आज जनक शिक्षा सामाग्री केन्द्र छोडेर निजि कम्पनिलाइ कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न दिने शिक्षा मन्त्रालयको निर्णयका विरुद्ध  जनक शिक्षा सामाग्री केन्द्र सानोठिमीको केन्द्रिय कार्यालय घेराउ गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै  अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामाग्री केन्द्र भित्रको भ्रष्टाचारका कारण कमिसनका लागि निजि कम्पनीलाई पाठ्यसामग्री छाप्न दिइएको र जनक शिक्षा सामाग्री केन्द्रले नै पाठ्यपुस्तक छाप्नु पर्नेशैक्षिक सामाग्री समय मै सम्वन्धित स्कुलमा पुर्याउनु पर्ने बताए। साथै उहाँले शैक्षिक क्षेत्रमा हुने नीतिगत लगायत कुनै पनि भ्रष्टाचार अनेरास्ववियूले नसहनेत्यस्ता भ्रष्टाचार विरुद्ध कडा प्रतिवादप्रतिकार गर्ने बताउनु भयो ।  यो भन्दा पहिले सँगठनले शिक्षामत्रीको पुत्ला दहन पनि गरेको थियो।

२०७९ माघ १८ १५:५२ बजे

प्रतिक्रिया