सेयर बजार सामान्य बढेर बन्द

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १८ १५:३७ बजे
सेयर बजार

काठमाडौं । आज सेयर बजार सामान्य बढेर बन्द भएको छ । आज  बुधबार ४.९७ अंकले बढेको बजार २११६।६५ बिन्दुमा पुगेको छ । आज कुल १ अर्ब ७६ करोड ७० लाख रुपैयाँको मात्र कारोबार भएको छ ।

इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ उपसूचक राताम्य उच्च अंकले ओरालो लागेका छन् । त्यसबाहेकका उपसूचकको मूल्य बढेको छ । आदर्श लघुवित्त वित्तीय संस्थाको कारोबार सकारात्मक सर्किट  लागेको छ ।

सिद्धार्थ इन्स्योरेन्स, इस्टर्न हाइड्रो, राप्ती हाइड्रोलगायत कम्पनीको मूल्य धेरैले बढेको छ । एनआईबीएल समृद्धि फण्डको मूल्य सबैभन्दा धेरै ३.७४ प्रतिशतले ओरालो लागेको छ । 

२०७९ माघ १८ १५:३७ बजे

प्रतिक्रिया