ओली,नेपाल र प्रचण्ड कम्युनिस्ट हुन् यिनीहरू मिल्दछन् मिल्दछन् हामीलाई था छैन् ? कांग्रेसलाई १०० सिट त चाहियो- गगन थापा

ओली,नेपाल र प्रचण्ड कम्युनिस्ट हुन् यिनीहरू मिल्दछन् मिल्दछन् हामीलाई था छैन् ? कांग्रेसलाई १०० सिट त चाहियो- गगन थापा

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २५ ०८:४५ बजे
गगन थापा

काठमाडौं । सरकारले आगामी मंसिरमा प्रदेश तथा संघको निर्वाचन गर्न भएको छ । सरकारले  मंसिर ४ मा  निर्वाचन  गर्ने भएको हो । सरकारमा रहेका विभिन्न  पाँच दलहरूले भेन आगामी  निर्वाचनमा सम्म  गठबन्धन  गरेरै  जाने  भएका छन् ।  प्रमुख प्रतिपक्ष दल नेकपा  एमालेले  भने  आगामी  निर्वाचनका एकलै जाने  बताउँदै  आएको  छ ।

नेपाली कांग्रेसले आगामी निर्वाचन  गठबन्धनमा भएका पार्टीहरूबाट  धेरै सिटको  दाबी गर्ने  कुरा स्वभाविक  भएको  बताएका छन् । प्राइम यचडिमा अन्तर्वार्ताको  क्रममा नेपाली कांग्रेसका  महामन्त्री  गगन थापाले नेपाली कांग्रेसले  १६५ सिटमा १०० सिटको दावी गर्ने   बताएका छन्  ।  उनले नेपाली कांग्रेसको आन्तरिक  कार्यनीति  सबैलाई बताउनु  नपार्ने  बताउँदै  भने  नेपाली कांग्रेसले यो  दाबी गर्छ। उनले अहिलेको निर्वाचन  प्रणालीमा नै  खराबी  भएकाले विगत लामो  समयदेखि  कसैले  पनि  स्पष्ट बहुमत नल्याएको  र ल्याउने अवस्था पनि  नरहेको बताएका छन् ।  अहिलेको निर्वाचन प्रणालीका कारणले चुनाव  अघि होस् वा पछि  गठबन्धन बनाउनुपर्ने  अवस्था रहेको बताएका छन् ।

उनले नेपाली कांग्रेसले अहिले सम्मका  निर्वाचनमा  एकलै निर्वाचनमा  गएकाले तर  अहिले  नेपालका  कम्युनिस्ट पार्टीहरू फुटेको  देखिए  पनि उनिहरु एक न एक  पल्ट मिल्दछन् मिल्दछन् ।  उनले अहिले निर्वाचनमा फरक विचार  भएका पार्टीहरू सँग भएको  गठबन्धन हुँदा विभिन्न तिन सिद्धान्त  टेकेर जानु पर्ने बताएका छन् ।  निर्वाचनमा सिटको संख्यामात्रै मिलेर नहुने  बतादै भने संविधानलाई  हेर्ने दृष्टिकोण, आर्थिक सामाजिक विषय  र विदेश नीति मा एकरूपता  नहुने  भए  गठबन्ध गरेर जानुको  कुनै  अर्थ नहुने र यसले काम गर्ने नपाउने  बताएका छन् । 

२०७९ साउन २५ ०८:४५ बजे

प्रतिक्रिया