'गृह मन्त्रालय हाम्रो हो'

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १५ १९:२२ बजे
गृह मन्त्रालय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको  आइतबार  बसेको केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीका महामन्त्री मुकुल ढकालले गृह मन्त्रालयका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अरु दलहरुको कुनै अधिकार नभएको भएको बताएका छन् ।

समस्या  जुन आएको थियो, त्यो राष्ट्रिय स्वतन्त्र पार्टीमा आएको समस्या हो । अन्य दलहरुमा आएको होइन, त्यसैले अन्य दलहरुले समस्याको रुपमा लिन जरुरी छैन । यो हाम्रो समस्या भएको कारणले र हामीले समाधान गरिसकेको अवस्थामा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवारी हो । निर्णय गर्ने अधिकार पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै छ ’उनले भने । 

२०७९ माघ १५ १९:२२ बजे

प्रतिक्रिया