के रवि लामिछाने आजै नागरिकता लिदै छन् ?

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १५ ०८:०६ बजे
रवि लामिछाने

काठमाडौं । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले स्थानीय प्रशासनसँग समन्वय गरी  आज नागरिकता लिने तयारी  गरेका जनाइएको छ । 

उनी आज बिहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जानुहुन्छ भन्ने खबर आएको जनाइएको छ ।

उनले पहिले लिएको नागरिकता त्यागेको र दोस्रोपटक नागरिकता पुनःप्राप्तिको प्रक्रिया न थालेकाले उनको पहिले लिएको नागरिकतालाई सर्वोच्च मान्यता नदिएपछि उनी नागरिकता विहीन बनेका हुन् । 

२०७९ माघ १५ ०८:०६ बजे

प्रतिक्रिया