गण्डकी विश्वविद्यालयद्वारा आयोजित प्रथम कुलपति रनिङ सिल्ड फुटबलको उपाधि कालिकालाई

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १५ ०७:५२ बजे
कुलपति रनिङ सिल्ड फुटबल

काठमाडौं । गण्डकी विश्वविद्यालयद्वारा आयोजित प्रथम कुलपति रनिङ सिल्ड फुटबलको उपाधि कालिका माविले हात पारेको छ ।  पोखरा रंगशालामा शुक्रबार भएको फाइनलमा भद्रकाली माविलाई २–० ले हराएको हो।

कालिकाका कप्तान टिका गुरुङ र सजन बराइलीले एक-एक गोल गरे । टिकाले ३५ औं मिनेटमा कालिकालाई अग्रता दिलाए । खेलको ८७ औं मिनेटमा सजनले गोल थप्दै टिमको अग्रता दोब्बर बनाए ।

विजेता कालिकाले १ लाख र भद्रकालीले ५० हजार पुरस्कार पाए । विजेतालाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री पञ्चराम गुरुङले पुरस्कार प्रदान गरे । 

२०७९ माघ १५ ०७:५२ बजे

प्रतिक्रिया