दैलेखमा ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १५ ०७:४१ बजे
मृत्यु

काठमाडौं ।  दैलेखको नारायण नगरपालिका-१ गहतारी नजिक ट्रयाक्टरबाट खसेर एक युवकको  मृत्यु भएको छ  । छामघाट खोलाबाट ढुङ्गा लोड गरी किमुगाउँतर्फ जाँदै गरेको भे २ त १४७८ नम्बरको  ट्रयाक्टरबाट खसेर नारायण नगरपालिका–१० ग्वातीका २३ वर्षीय रमेश विकको  मृत्यु भएको हो । 

ट्रयाक्टरको टायरले च्यापेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल पुर्याए पनि डाक्टरले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक सिंह विष्टले बताए । 

प्रहरीका अनुसार ट्रयाक्टरका चालक भगवतीमाई गाउँपालिका–७ बडाभैरवका कृष्णबहादुर बिक घटनालगत्तै फरार रहेकाले खोजी भइरहेको छ । मृतक बिक पनि ट्रयाक्टर चालक हुन् । 

२०७९ माघ १५ ०७:४१ बजे

प्रतिक्रिया