अमेरिकी उपमन्त्री भिक्टोरिया आज नेपाल आउँदै , को-को सँग गर्दैछन् भेटवार्ता

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १५ ०७:३१ बजे
भिक्टोरिया

काठमाडौं । अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड  आज नेपाल आउने भएकी छिन् । उनी दई दिनका लागि नेपाल आउन लागेकी हुन् ।

परराष्ट्रका मन्त्रालयका अनुसार दुई दिन काठमाडौंमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल परराष्ट्रमन्त्री विमला राई पौड्याल सहितका नेतासँग राजनीतिक भेटवार्ता गर्नेछिन्।

नयाँ गठबन्धनको सरकार बनेपछि उनको यो पहिलो  नेपाल भ्रमण हो। केही दिनअघि परराष्ट्रमन्त्री पौड्यालसँगको भेटमा अमेरिकी राजदूत डिन थम्पसनले नुल्याण्डको भ्रमणबारे जानकारी गराएका थिए। 

२०७९ माघ १५ ०७:३१ बजे

प्रतिक्रिया