सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल निम्न वर्गको उत्थानमा कटिबद्ध

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १४ ०८:४६ बजे
राजेन्द्रसिंह रावल

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले गरिब तथा निम्न आयस्रोत भएका वर्गको जीवनस्तर उत्थानका लागि आफु  कटीबद्ध रहेको बताएका छन् । मुख्यमन्त्री रावलले डोटीका भूकम्पपीडितको पुनस्र्थापना तथा राहत सहयोगका लागि ध्यानाकर्षण गराउन आएका सामाजिक संस्थाका प्रतिनिधिसँगको भेटमा यस्तो बताएका हुन् । 

 रावलले भने, आफ्नो प्राथमिकता पढाइ, कमाइ, दबाइ उपलब्ध गराउने तथा पानी, खानी र जवानी सदुपयोग गर्ने हुनेछ । सरकार र सामाजिक संस्था मिलेर एकद्वारामार्फत राहत र उद्धारका काम गरिनुपर्छ ।  उनले सुदूरपश्चिमलाई देउकी, छाउपडीजस्ता कुप्रथामा मात्रै जोडेर हेर्न नहुने पनि बताए । 

तीन महिनाअघि खप्तड केन्द्रबिन्दु बनाएर गएको ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो भुकम्पमा  छ जनाको मृत्यु, सात जना घाइते भएका थिए। डोटी र बझाङ जिल्लामा उक्त भूकम्पले पाँच सय घर पूर्ण क्षतिग्रस्त र चार हजार पाँच सय घर चर्केको तर राहत र पुनस्र्थापनाको काम अपेक्षित रूपमा अघि बढ्न नसकेको बताइन्छ।

२०७९ माघ १४ ०८:४६ बजे

प्रतिक्रिया