गृहमन्त्री रवि लामिछानेको मुद्दामा आजै फैसला आउने सम्भावना

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १३ १६:१२ बजे
गृहमन्त्री रवि लामिछाने

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको फैसला आजै आउने सम्भावना रहको छ । 

संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरु फैसलाका लागि छलफलमा जुटेका छन् । 

गत बुधबारदेखि सुरु भएको अन्तिम सुनुवाइ त्यो दिन नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो र आज सुनुवाइ पूरा भएको छ । सर्वोच्च अदालतमा गत बुधबार नै सबै लिखित जवाफ, बहसनोट र लामिछानेको नागरिकता छानबिनका कागजात पेश भइसकेको छ ।

२०७९ माघ १३ १६:१२ बजे

प्रतिक्रिया