लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सकियो

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १३ १५:४१ बजे
गृहमन्त्री रवि लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको सुनुवाइ सकिएकोछ ।

लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गरेका थिए । त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो ।

बहस सकिए पनि आज नै संक्षिप्त आदेशसहित निर्णय सुनाउने वा निर्णय सुनाउने कुनै मिति तोक्नबारे कुनै तय भएको छ ।

उक्त विवादको सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा  र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलास गठन गरिएको थियो ।

२०७९ माघ १३ १५:४१ बजे

प्रतिक्रिया