नेकपा 'बहुमत'द्धारा घुस लिएको आरोपमा कार्यालय प्रमुखलाइ कारवाही

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १२ १९:४८ बजे
नेकपा (बहुमत)

काठमाडौं । नेकपा (बहुमत) ले बुधबार यातायात व्यवस्था कार्यालयका प्रमुख बाबुराम लुइँटेललाई कालोमोसो लगाएर कारवाही गरेको छ । सोपार्टी धनकुटा जिल्ला संयोजक मोहनले विज्ञप्ति जारी गरी ‘दलाल परिचालन गरी कार्यालयबाट प्रदान गरिने कानुन वमोजिमका निशुल्क सेवामा  घूस लिएको भनी सेवाग्राही जनताको गुनासो आएपछि धनकुटा जिल्ला यातायात व्यवस्था कार्यालयका प्रमुख बाबुराम लुइँटेललाई  कालो मुसो लगाएर साङ्केतिक कारबाही गरेको’ जनाएका छन् ।

धनकुटा जिल्ला यातायात व्यवस्था कार्यालयका प्रमुख बाबुराम लुइँटेलले आफूमातहतका दलाल परिचालन गरी कार्यालयबाट प्रदान गरिने सेवामा  घूस लिएको भनी सेवाग्राही जनताको गुनासो जिल्ला सङ्गठन समिति अन्तर्गत न्यायिक समितिमा परेकोमा सो उजुरी उपर व्यापक छानबिन तथा अनुसन्धान गर्दा यातायात व्यवस्था कार्यालय प्रमुख बाबुराम लुइँटेलले कार्यालयका कर्मचारी र बाहिरका केही व्यक्ति प्रयोग गरी सरकारी नियमअनुसार प्रक्रिया पूरा गरेर कार्यालयबाट उपलब्ध गराइने ड्राइभिङ लाइसेन्स प्रतिगोटा रु १२००० हजारदेखि रु १८०००। सम्म आम सेवाग्राहीलाई बाध्य बनाई घूस लिँदै आएको प्रमाणित भएको हुँदा निज घूसखोरी बाबुराम लुइँटेललाई चेतावनीसहित साङ्केतिक कारबाही गरिएको बेहोरा विज्ञप्तिमा जनाएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘धनकुटामा यस्ताखाले कुनै पनि भ्रष्टाचार, घूस जस्ता अन्य गतिविधि भएमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला सङ्गठनअन्तर्गत न्यायिक समितिसमक्ष गुनासो तथ उजुरी दिन अनुरोध गरिएको छ। 



२०७९ माघ १२ १९:४८ बजे

प्रतिक्रिया