नेप्से सँगै आज सबै उपसमुह ओरालो लागे

नेप्से सँगै आज सबै उपसमुह ओरालो लागे

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २४ १६:५७ बजे
सेयर बजार

काठमाडौं । साताको पहिला दिन सामान्य अंकले ओरालो लागेको नेप्से आज भने  उच्च अंकले ओरालो लागेको छ । सताको   तेस्रो  दिन आज  मंगलबार सेयर बजार परिसुचक नेप्से  ४५.४२ अंकले ओरालो लागेको हो  ।  आज नेप्से उच्च अंकले ओरालो लागेसँगै  २०६०. ७३ बिन्दुमा पुगेको छ ।  यसरी  नेप्से  निरन्तर  ओरालो लागिरहँदा अबको  तल्लो मनोवैज्ञानिक विन्दु १८०० सयलाई  छुने सम्भावना  रहेको छ । आज  ‘क’ वर्गको कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत  ९.६८ अंकले  ओरालो लागेर  ३९६.४२  बिन्दुमा  पुगेको छ ।

आज २ अर्ब ८१ करोड ५१ लख ४४ हजार ५ सय ९८ रुपैयाँमा ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच चएको छ । यस दिन १७१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।यस दिन १३ वटै समूहगत सूचक समेत घटेको छ ।

२०७९ साउन २४ १६:५७ बजे

प्रतिक्रिया