जसपा फुटको संघारमा : उपेन्द्र पक्षको केन्द्रीय समिति बैठक आजबाट

जसपा फुटको संघारमा : उपेन्द्र पक्षको केन्द्रीय समिति बैठक आजबाट

bimbonline बिम्ब अनलाइन
२०७९ असार २९ ०९:२५ बजे
जसपा


 काठमाडौं । फुटको संघारमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समितिको बैठक आज   बस्न  लागेको छ । 

यादव पक्षको बैठक विरगञ्जमा आज र भोलि  लागि बस्ने भएको  हो । यसअघि जसपाकै संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय समिति बैठक मंगलवारदेखि शुरू भएको छ ।

मंगलवारको बैठकमा डा. भट्टराईले यादवमाथि विभिन्न ७ आरोप लगाएका छन् । बैठकमा १० समूहले राजनीतिक प्रतिवेदनमाथि अध्ययन गरेर आज धारणा राख्दैछन् । यस्तै उनले राजनीतिक प्रतिवेदनमार्फत विभिन्न दलहरूप्रतिको दृष्टिकोण पनि सार्वजनिक गरेका छन् । 

यादव पक्षले आज शुरू हुने बैठकमा डा. भट्टराईले लगाएको आरोपको खण्डन तथा अन्य समसामयिक विषयमा छलफल  गरीने  जनाईएको छ ।जसपामा आन्तरिक विवाद बढ्दै जाँदा भट्टराई र यादव पक्षले अलग अलग  बैठक बोलाएका हुन् । 

२०७९ असार २९ ०९:२५ बजे

प्रतिक्रिया