माओवादी स्थायी समिति बैठक बस्दै, पार्टी एकता र समसामयिक विषयमा छलफल हुने

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १२ ०९:४४ बजे
माओवादी

काठमाडौं । सत्तासाझेदार प्रमुख दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।  स्थायी कमिटी बैठक आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो आज बस्ने बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुने जनाइएको छ । 

केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले नेपाल समाजवादी पार्टी (नेसपा)लगायतसँग एकताको विषयमा भएको छलफल पनि बैठकको एजेण्डा भएको बताएका छन् ।

यसअघि माओवादी केन्द्रले नेसपा, एकीकृत समाजवादी लगायत दलसँग पार्टी एकताको पहल गर्ने भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।

२०७९ माघ १२ ०९:४४ बजे

प्रतिक्रिया