एक बलमा १६ रन, यसरी बन्यो अनौठो कीर्तिमान

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १० ०९:३४ बजे
एक बलमा १६ रन


काठमाडौं । अस्ट्रेलियामा जारी बिग ब्यास प्रतियोगितामा एउटा अनौठो कीर्तिमान बनेको छ। सिड्नी सिक्सर्सबाट खेलिरहेका स्टिभ स्मिथले एक बलमा १६ रन बनाएका छन्।

यो स्कोर धेरैलाई पत्यार नलाग्न सक्छ। होबार्टमा भएको खेलमा यो दुर्लभ कीर्तिमान बनेको हो।

होबार्ट हरिकेन्सका जोएल पेरिसको बलमा स्मिथले यो कीर्तिमान बनाएका हुन्। पेरिस खेलको दोस्रो ओभर बलिङ गर्न आएका थिए। क्रिजमा स्टिभ स्मिथ थिए। उनले पहिलो दुई बलमा कुनै रन बनाउन सकेनन्।

जोएल पेरिसको तेस्रो बलमा स्मिथले छक्का प्रहार गरे।बलिङ गर्दै गर्दा पेरिसको खुट्टा क्रिजबाट बाहिर रहेको अम्पायरले देखे र नो-बल दिए।अर्थात् गणना हुन बाँकी रहेको बलमै स्मिथले सात रन जोडे। पेरिसले अर्को बलमा स्मिथले फ्री हिट पाएका थिए।

पेरिसले यस पटक वाइड बलिङ गरे। त्यो बल विकेटकिपरले समात्न सकेनन् र बल बाउन्ड्री पार पुगेर पाँच रन बन्यो। तर दोस्रो पटक पनि बल गणना भएन।

यस बेलासम्म गणना हुन बाँकी रहेको बलमै स्मिथले १२ रन बनाइसकेका थिए। उनले पाएको फ्री हिट बाँकी नै थियो र त्यो बलमा स्मिथले चौका प्रहार गरे।अर्थात्, स्मिथले वैध बलमा १६ रन बनाए।

यस खेलमा स्मिथले ३३ बलमा चार चौका र छ छक्काको मद्दतमा ६६ रन बनाए र उनको टोलीले निर्धारित २० ओभरमा १८० रन बनायो। यो स्कोर पछ्याउँदै ब्याटिङ गरेको होबार्ट हरिकेन्स १५६ रनमा सीमित भयो।

अस्ट्रेलियाका पूर्व कप्तानको कीर्तिमान

रोचक कुरा के छ भने, स्टिभ स्मिथलाई ट्वान्टी-२० क्रिकेटमा ब्याट्सम्यानको रूपमा लिइँदैन, तर उनी आजकल उत्कृष्ट लयमा छन्। पछिल्लो खेलमा उनले सिड्नी थन्डर्सविरुद्ध उत्कृष्ट शतक प्रहार गरेका थिए।

अघिल्लो खेलमा उनले एडिलेड स्ट्राइकर्सविरुद्ध शतक प्रहार गरेका थिए। लगातार दुई शतकपछिको खेलमा उनले ६६ रनको पारी खेले।अर्कोतर्फ एक बलमा १६ रन दिने जोएल पेरिसले ३ ओभरमा ३२ रन दिएर एक विकेट लिए।

३० वर्षीय जोएलले अस्ट्रेलियाका लागि दुई एक दिवसीय शृङ्खला खेलिसकेका छन्। उनले खेलेका दुवै एक दिवसीय भारतसँग हुन्। उनको बलिङको पहिलो सिकार शिखर धवन थिए।  

पेरिसलाई आइपिएलको २०१६ सिजनमा दिल्ली डेयरडेभिल्सको टोलीमा समावेश गरिएको थियो तर चोटका कारण उनले कुनै खेल खेल्न सकेनन्। बीबीसीबाट 

२०७९ माघ १० ०९:३४ बजे

प्रतिक्रिया