नेपाल टी–२० लिग : स्पट फिक्सिङमा ४ नेपालीसहित १० जना संलग्न

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ९ १४:०५ बजे
नेपाल टी–२० लिग

काठमाडौं । गत महिना काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा   कम्तीमा १० जना संलग्न रहेको  पाइएको छ । ४ नेपालीसहित कम्तीमा १० जना संलग्न भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार स्पट फिक्सिङमा ४ जना नेपाली र ६ जना विदेशी संलग्न छन् । घटनामा संलग्न विदेशीले भने नेपाल छाडिसकेको सीआईबीले बताएको छ ।

जसमध्ये महबुब आलम र आदिल अन्सारी गरी दुई जना पक्राउ परिसकेका छन् भने अरुको खोजी भइरहेको छ । 



२०७९ माघ ९ १४:०५ बजे

प्रतिक्रिया