कांग्रेसको ध्यान राष्ट्रपतिको निर्वाचनमा

राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ : कांग्रेस

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ९ १२:०७ बजे
प्रकाशरण महत

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको ध्यान अहिले राष्ट्रपतिको निर्वाचनमा गएको छ । कांग्रेसले राष्ट्रपतिको निर्वाचन समयमा नै हुनुपर्ने  बताएको छ । पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकले कुनै कानुनी अड्चन छ भने त्यसलाई हटाएर समयमै निर्वाचन गर्न  सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रवक्ता डा.प्रकाशरण महतले भने, ‘ऐनमा एक महिना अगाडि भन्ने व्यवस्था छ, ५ वर्षको अवधि पनि भनिएको छ । त्यहाँ भएको कन्ट्राडिक्सनलाई टुंग्याएर समयमै निर्वाचन गर्ने काम सरकार र निर्वाचन आयोगको छ ।’

आलटाल गरेर पछाडि धकेल्न नहुने कांग्रेसको जोड छ । बैठकले राष्ट्रपति निर्वाचनमा संसदमा रहेका अन्य दलहरूसँग छलफल थाल्ने निर्णय पनि गरेको डा महतले बताएका छन् । 

 यता सत्तासाझेदार दलहरूमा पनि राष्ट्रपतिको विषयलाई लिएर शंका र आशंका उब्जिन थालेका छन् । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादीले भने राष्ट्रपतिको विषयमा नेपाली कांग्रेससँग पनि छलफल गर्न खोजीरहेको छ । तर, नेकपा एमाले ले भने पहिले नै  राष्ट्रपति आफूहरूले पाउने सहमति भएकाले आफूले पाउनुपर्ने बताएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने नेपाली कांग्रेसलाई च्याखी थापेको आरोप पनि लगाएका छन् ।उनले नेपाली कांग्रेसले थापेको च्याखी पनि सफल नहुने बताएका छन् ।

२०७९ माघ ९ १२:०७ बजे

प्रतिक्रिया