प्रिमियर लिग : एभर्टनविरुद्ध वेस्ट ह्यामको जित

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ८ ०९:०५ बजे
प्रिमियर लिग

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनविरुद्ध वेस्ट ह्यामले जित निकालेको छ । गएराति  भएको खेलमा वेस्ट ह्यामले एभर्टनविरुद्ध २–० को सहज जित निकालेको हो । 

वेस्ट ह्यामको  लागि दुवै गोल जारोड बोवेनले गरे । यो जितपछि वेस्ट ह्यामको १८ अंक पुगेको छ ।  ह्याम १५ औं स्थानमा रहेको छ । एभर्टन रेलिगेसन जोनमा छ । ऊ १९ औं स्थानमा  रहेको छ । 

प्रिमियर लिगअन्तर्गत नै एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० ले हराएको छ । त्यस्तै, ब्राइटन र लेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका छन् । क्रिस्टल प्यालेस र न्युकासल युनाइटेडले गोलरहित बराबरी खेले । 

२०७९ माघ ८ ०९:०५ बजे

प्रतिक्रिया