अपराधीलाई पक्रन गृहमन्त्रीले विज्ञप्ति जारी गर्नुले गम्भीर अवस्था देखियो : रामहरि खतिवडा

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ७ १३:५३ बजे
रामहरि खतिवडा

काठमाडौं ।  आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले फेरी पनि गृहमन्त्रालय माथि प्रश्न उठाएको छ ।  अपराधीलाई पक्रन गृहमन्त्रीले विज्ञप्ति जारी गर्नुले गम्भीर अवस्था देखिएको भन्दै नेपाली कांग्रेसले प्रश्न उठाएको हो । 

उपसभामुख चयनको लागि शुरु भएको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्रालय अपराधीलाई खोज्दै जाँदा प्रेस विज्ञप्ति निकाल्ने र प्रहरीले नेटेर्ने कसरी भयो भन्दै जवाफ दिन माग गरेका हुन् । 

उनले भने , 'अपराधीलाई खोज्दै जाँदा, प्रेस विज्ञप्ति निकालेर अपराधी खोज्दै जाने परम्परा शुरु भयो ।यत्ति सवंवेदनशील मन्त्रालयमा प्रेस विज्ञप्तिमार्फत अपराधी खोज्न खोज्नु देशको गृहमन्त्रलाई प्रहरीले टेर्न छोडेको हो?’ लामिछानले भने, ‘जनतालाई ढाँट्नको लागि यस्तो परम्पराको शुरुवात भएको हो ? हामी कहाँ जाँदैछौँ रु गृहमन्त्रीको आदेशको प्रहरीले नटेर्ने रु यसरी सूचना सार्वजनिक गर्ने हो भने मान्छे पक्रिन नसक्ने अनि सूचना जारी गर्ने रु गृमन्त्रीले अपराधी चिनाइदिने कि, अपराधी पक्राउ गर्ने ?’  जनतलाई मूर्ख बनाउने काम नगरियोस् । यो अपराध अनुसन्धान , पत्र अपराध अनुसन्धान आचारसंहितको विपरीत छ । 

शुक्रबार राति गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै कर्तव्य ज्यान मुद्दामा फरार लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृहमन्त्रीले निर्देशन दिए पनि पक्राउ नपरेको भन्दै तत्काल कारबाही अघि बढाउन विज्ञप्ति जारी गरेको थियो ।

२०७९ माघ ७ १३:५३ बजे

प्रतिक्रिया