कर्मचारीको तलबमा भएको विभेद अनत्य गरौं : हृदयेश त्रिपाठी

कर्मचारीको तलबमा भएको विभेद अनत्य गरौं : हृदयेश त्रिपाठी

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २४ १४:१४ बजे
हृदयेश त्रिपाठी

काठमाडौं । सांसद हृदयेश त्रिपाठीले सरकारी कर्मचारीको तलबमा विभेद  भएको भन्दै  यो राम्रो नभएको बताएका छन् । साथै उनले  संसदमा बोल्दै यस्तो विभेदको  अनत्य  गरिनु पर्ने बताएका छन् ।  

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले राजपत्र अनंकित कर्मचारीको १५ प्रतिशत र राजपत्रांकित कर्मचारीका लागि २४ देखि २६ प्रतिशतसम्म तलब वृद्धि गरेर सरकारले विभेद गरेको  बताएका हुन् ।  आफूहरूलाई विभेद गरिएको भन्दै आन्दोलनरत कर्मचारीहरूका माग सम्बोधन गरिनुपर्ने  उनके भनाई रहेको छ ।  

सांसद त्रिपाठीले संविधान जारी भएपछि सबैभन्दा पहिला निजामती ऐन जारी हुनुपर्ने बताउँदै समयमै ऐन जारी नभएका कारण पनि निजामती सेवामा केही समस्या हुने गरेको उल्लेख गरे ।

२०७९ साउन २४ १४:१४ बजे

प्रतिक्रिया