उपसभामुखका लागि आज मतदान हुँदै

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ७ १०:०९ बजे
उपसभामुख

काठमाडौं ।आज प्रतिनिधि सभा उपसभामुखको लागि मतदान हुने भएको छ । प्रतिनिधि सभाको आज बस्ने बैठकबाट उपसभामुख चयन गर्न लागिएको हो । बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ ।

यसै बैठकमा उपसभामुख निर्वाचित गरियोस् भनन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले शुक्रबार नै उपसभामुख पदमा मनोनयन दर्ता गराएका छन् ।

इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन रहेका छन्।

मुक्ताकुमारीलाई भने सरकारमा नरहेका दलको समर्थन छ । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेकाछन् ।

२०७९ माघ ७ १०:०९ बजे

प्रतिक्रिया