एउटा निर्वाचन क्षेत्रमा बढीमा २ पटक उम्मेदवार बन्ने व्यवस्था गर्न माग

एउटा निर्वाचन क्षेत्रमा बढीमा २ पटक उम्मेदवार बन्ने व्यवस्था गर्न माग

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २४ १४:०४ बजे
बिन्दा पाण्डे

काठमाडौं ।  आज बसेको  प्रतिनिधिको सभाको बैठमा बोल्दै  नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले एउटा नेता उही निर्वाचन क्षेत्रबाट आजीवन उम्मेदवार बन्ने अवस्थाको अन्त्य  गर्नु पर्ने बताएकी छन् । उनले संसदमा   बोल्दै  आगामी  मंसिरमा  हुने निर्वाचनामा  यस्तो   व्यवस्था  राख्न माग समेत  गरेकी छन् । 

संसद्‌मा ध्यानाकर्षण प्रस्ताव पेस गर्दै उनले निर्वाचन सम्बन्धी कानुन संशोधन गर्दा यसलाई ध्यान दिनुपर्ने बताएकी हुन्। 'संघीय संसद्को प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक र पहिलो हुने दुवै निर्वाचन प्रणालीअन्तर्गत एउटा व्यक्ति, एउटै निर्वाचन क्षेत्र र एउटै निर्वाचन प्रणालीअन्तर्गत निरन्तर बढीमा २ पटक मात्रै उम्मेदवार हुनसक्ने व्यवस्था गर्नुपर्छ। अहिलेको कोही आजीवन उम्मेदवार भइरहने र अरु आजीवन कसैको लागि मतदाता मात्रै बन्नुपर्ने अवस्थाको छ, यसको अन्त्य हुनुपर्छ।' उनले भनिन्न

यदि कोही नेतालाई सांसद बनाउनै पर्ने भए  फरक निर्वाचन प्रणाली र फरक निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउनुपर्ने उनको भनाइ  रहेको छ ।   यी विविध विषयमा संशोधन गर्नुपर्ने भएकाले निर्वाचन सम्बन्धी कानुन संसद्‌मा ल्याउन माग गरिन्।  साथै  उनले त्यो  विद्येक संसदमा  नआई  संसदको  अधिवेश  सकिने  हो की भन्दै  डर भएको पनि  बताएकी छन् । 


२०७९ साउन २४ १४:०४ बजे

प्रतिक्रिया