सभामुख घिमिरेद्वारा पदभार ग्रहण

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ६ १४:५१ बजे
सभामुख घिमिरे

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पदभार ग्रहण गर्नुभएको छ । उनले  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । नेकपा एमालेका सांसद घिमिरे हिजो प्रतिनिधि सभाको सभामुखमा निर्वाचित हुनुभएको थियो । 

ग्रहणलगत्तै घिमिरेले लैनचौरमा रहेको शहीद  स्मारक गएर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले शहीदप्रति श्रद्धाञ्जली अर्पण पछि सिंहदरबारमा रहेको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि उहाँले नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृत दिने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।  

२०७९ माघ ६ १४:५१ बजे

प्रतिक्रिया