कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ६ १४:३७ बजे
मृत्यु

 धनगढी। कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको हो।

 प्रहरीका अनुसार गोदावरी नगरपालिका-१२ को रातापानी सामुदायिक वनमा शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा कञ्चनपुर पुनर्वासका ४० वर्षीय मनीराम चौधरीको  भएको हो । 

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अत्तरियाका अनुसार चौधरीको ट्रयाक्टरको इन्जिनमा च्यापिएर ज्यान गएको हो । दुर्घटनामा ट्रयाक्टर चालक पुनर्वास नगरपालिका-१० का ४१ वर्षीय सत्तु राना गम्भीर घाइते भएका छन् ।

उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरमा गम्भीर चोट लागेको छ । प्रहरीका अनुसार गोदावरीबाट ढुङ्गा ल्याउन जादै गरेको अवस्थामा अनियन्त्रित भएर ट्रयाक्टर दुर्घटना भएको हो । 

२०७९ माघ ६ १४:३७ बजे

प्रतिक्रिया