देउवा सरकारले छिमेक सम्बन्धलाई अनावश्यक ढंगले तरंगित र असन्तुलित बनाए : ओली

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ६ १४:२१ बजे
केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो  देउवा नेतृत्वको सरकारले छिमेक सम्बन्धलाई कृतिम रुपले तनावग्रस्त बनाएको आरोप लगाएका छन् । 

एमालेको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले अघिल्लो सरकारले छिमेकी संगको सम्बन्धलाई अनावश्यक ढंगले तरंगित र असन्तुलित आरोप लगाएका हुन् । 

उनले कार्यक्रममा भने,'हाम्रो अन्तराष्ट्रिय सम्बन्ध विवादास्पद ढंगले चल्यो । कसैका निम्ति काम गर्ने, कसैलाई प्रोभक गर्ने गैरजिम्मेवार प्रवृत्तिहरु देखा गरे ।’

राष्ट्र एकजुट भएर देशका निम्ति अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्नुपर्नेमा देशभित्र तनाव बढाउने, बाह्य शक्तिसँग साँठगााँठ गर्ने काम गरेको  ओलीको आरोप रहेको छ । नयाँ सरकारले आन्तरिक अवस्था र नीति अनुुकुल बाह्य सम्बन्ध अगाडि बढाउन आव्श्यक रहेको उनको भनाई रहेको छ । 

२०७९ माघ ६ १४:२१ बजे

प्रतिक्रिया