प्रदीप ज्ञवालीको व्यङ्ग्य एउटै गठबन्धनमा संघीयता विरोधी र पक्षधर

प्रदीप ज्ञवालीको व्यङ्ग्य एउटै गठबन्धनमा संघीयता विरोधी र पक्षधर

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २४ १३:२९ बजे
प्रदीप ज्ञवाली

 काठमाडौं । नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवालीले त्तारुढ गठबन्धनमा संघीयता विरोधी र पक्षधर दुवै थरी पार्टी रहेको भन्दै आलोचना गरेका छन् । उनि आगामी मंसिर ४मा  हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।

आयोगले आइतबारबाट निर्वाचनको लागि दल दर्ता गर्न आव्हान गरेको थियो । सोही बमोजिम आयोगमा एमाले दर्ता गर्न उनी गएका हुन् ।

सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरी अघि बढ्ने निर्णय गरेका थिए । सोही निर्णयप्रति व्यङ्ग्य गर्दै एमाले उप–महासचिव ज्ञवालीले उक्त आलोचन गरेका हुन् ।


२०७९ साउन २४ १३:२९ बजे

प्रतिक्रिया