नेकपा (मशाल) को जिल्ला प्रशिक्षण सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ५ १८:४० बजे

 काठमाडौं ।  नेपाल कम्युनिस्ट (मशाल) रुपन्देही जिल्ला समितिको आयोजनामा गत पौष २९ र ३० गते दुई दिने प्रशिक्षण सम्पन्न भएको छ ।नेकपा (मशाल) का पोलिट्व्युरो सदस्य कृष्णराज पौडेल, प्रवक्ता रामबहादुर बुढा, केन्द्रीय सदस्य शशिधर भण्डारीले समसामयिक राजनीतिक परिस्थिति, नयाँ जनवाद र समाजवाद, संगठन निर्माण परिचालन नेपालको कम्युनिस्ट आन्दोलनको आगामी दिशा, विशेष महाधिवेशनले पारित गरेका दस्ताबेजहरु, कम्युनिस्ट आन्दोलनको एकता र ध्रुबीकरणको प्रश्न, माक्र्सवाद र अवसरवाद लगायतका विषयहरुमा प्रशिक्षण दिनु भएको थियो ।

 

सोही अवसरमा नेकपा (मशाल) रुपन्देहीका प्रबक्ता दीपक पौडेलले जिल्ला पार्टीले तय गरेका आगामी कार्यक्रमबारे स्पष्ट पार्नु भएको थियो । पौष, माघ महिनामा जिल्लास्तरीय प्रशिक्षणहरु सम्पन्न गर्ने कार्यक्रम रहेको मशाल स्रोतले बताएको छ । गत असोजमा विशेष महाधिवेशन सम्पन्न गरेपछि नेकपा (मशाल) ले पार्टी संगठनलाई व्यवस्थित बनाउँदै लाने क्रममा प्रशिक्षणका कार्यक्रमहरु गर्ने बताइएको छ ।


नेकपा (मशाल) रुपन्देही जिल्ला समितिले स्थानिय समस्याहरुलाई लिएर संघर्षको योजना समेत बनाएको छ । स्थानीय संघर्षलाई अगाडि बढाउन, स्थानीय पार्टी संगठनहरुलाई व्यवस्थित गर्न तथा जनवर्गीय संगठनहलाई समेत व्यवस्थित गर्न प्रशिक्षण आवश्कय छ ”–जिल्ला प्रवक्ता दीपक पौडेलले हाँकलाई बताउनु भयो । हाँक साप्ताहिकबाट

 

२०७९ माघ ५ १८:४० बजे

प्रतिक्रिया