सेयर बजारमा सामान्य सुधार

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ५ १५:५७ बजे
सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारमा परिसुचक नेप्से सामान्य अंकले उकालो लागेको छ । 

 आज सेयर कारोबार मापक नेप्से परिसूचक ५.७१ अंकले उकालो लागेको हो । आज बजार उकालो लागेसँगै  नेप्से २१७८.८१ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ परिसूचक पनि १.१५ अंकले बढेर ४१५.०५ विन्दुमा झरेको छ । 

बजार सामान्य अंकले उकालो लागे पनि कारोबार रकममा भने गिरावट आएको छ । आज ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३ सय २९ रूपैयाँ बराबरको कारोबार भएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहको सेयर घटेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर बढेको छ । 

आज एनआईसी एशिया बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १८ करोड ४ लाख ४४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

 आज आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८ सय ४८ रूपैयाँ २० पैसा पुगेको छ । 

आज कुमारी धनवृद्धि योजनाको मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ८.८९ प्रतिशतले घटेर ९ रूपैयाँ २ पैसामा झरेको छ ।

२०७९ माघ ५ १५:५७ बजे

प्रतिक्रिया