हत्या अभियोग लागेका सांसद संसदमा उपस्थित भएकोमा कांग्रेसद्धारा ध्यानाकर्षण

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ५ १२:२२ बजे
संसद

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद बैठकमा हत्या अभियोग लागेका सांसद सहभागी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा सांसद खतिवडाले सभामुख चयनको निर्वाचन प्रक्रियाअघि बढिरहेका बेला हत्या अभियोग लागेका सांसद सहभागी भएकाको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । हत्या अभियोग लागेका सांसद बैठकमा उपस्थित भएको सुनेको भन्दै उनले उनीहरुको उपस्थितिमा सभामुख चयन प्रक्रिया अघि बढ्ने वा नबढ्ने निर्क्योल गरेर मात्र बैठकको कारबाही अघि बढाउन आग्रह गरे । 

२०७९ माघ ५ १२:२२ बजे

प्रतिक्रिया